ताजा समाचार

पेस्तोल देखाएर लुटपाट गर्ने ५ जना पक्राउ

काठमाडाैँ २१,भदाै ।  पेस्तोल देखाएर लुटपाटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेको खानीखोलास्थित तेरसाङ लामाको घरमा पेस्तोल देखाइ लुटपाट गरेर भाग्ने पाँच जनालाई प्रहरीले ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो तीन बजे लामाको घरभित्र प्रवेश गरी पेस्तोल देखाएर नगद र जिन्सी सामान लुटी उनीहरु ललितपुरको ठूलादुर्लुङतर्फ भागेका थिए ।

सोलगत्तै महानगरीय प्रहरी बृत्त चापागाउँकासहित प्रहरी चौकी गिम्दी, आश्राङ, कालेश्वर र इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको टोलीले खानीखोला गाउँपालिका ७ का २८ वर्षीय अनिल घिसिङ, रमेश थोकर, जगत बहादुर गोले, तथा पनौति नगरपालिका ८ का विकास बन्जारा र निशान गोलेलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले दुई वटा पल्सर मोटरसाइकल र  मेड इन चाइना  लेखिएको १ थान पेस्तोल, म्यागजिन एक थान र त्यसैमा प्रयोग हुने दुई राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पेस्तोल महांकाल गाउँपालिका ५ चन्दनपुर स्थित काफलडांडामा लुकाईराखेको अवस्थामा फेला पारेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org