ताजा समाचार

दिक्पाल कार्की बने मिस्टर मोडल अफ द वर्ल्ड

काठमाडाैँ २२,भदाै । म्यानमारमा सम्पन्न मिस्टर मोडल अफ द वर्ल्ड– २०१८ को उपाधि नेपाली मोडल दिक्पाल कार्कीले हात पारेका छन् । ९ प्रतिस्पर्धीहरुलाई पछि पार्दै कार्कीले मिस्टर मोडल अफ द वर्ल्ड–२०१८ को टाइटल जितेका हुन् ।

प्रतिस्पर्धामा भारत, थाइल्याण्ड, इन्डोनेशिया, फिलिपिन्स, चीन लगायतका देशबाट मोडलहरु सहभागी थिए ।

दिक्पालले अरु तीनवटा टाइटल पनि जितेका छन् । मिस्टर किंग अफ क्याटवाक, मिस्टर मोडल चान लोन बेष्ट हेयर र मिस्टर मोडल बेष्ट इन फर्मल वेयरको टाइटल पनि उनले जिते ।

थाइल्याण्डमा भएको मिस्टर ग्लोबल र फिलिपिन्समा भएको मिस्टर ग्राण्ड इन्टरनेशनलमा सहभागी भइसकेका कार्कीले विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डहरुमा समेत मोडलिङ गरिसकेका छन् ।

दिक्पालले मिस्टर ग्राण्ड इन्टरनेशनल २०१७ मा सोसल मिडिया स्टार र पब्लिक च्वाइस अवार्ड जितेका थिए ।

त्यस्तै थाइल्याण्डमा भएको मिस्टर ग्लोबलमा उनी छैठौं भएका थिए । कोरियन क्लोथिङ ब्राण्ड ब्लायकयाकका लागि चर्चित कोरियन मोडल जो इनसँग मोडलिङ गरेका दिक्पालले ब्रागेइस ब्राण्डको जुत्ताका लागि समेत मोडलिङ गरेका थिए ।

मिस्टर ग्राण्ड नेपाल २०१७ का विजेता दिक्पालले मिस्टर वर्ल्ड नेपाल–२०१७ को कोरियोग्राफी गरेका थिए ।

द ड्रिम सर्च एजेन्सीले दिक्पाललाई नेपालको प्रतिनिधित्व गराउनका लागि छानेको थियो ।

सन् २००९ देखि मोडलिङ सुरु गरेका ६ फिट अग्ला मोडल दिक्पालले नेपालमा विभिन्न चर्चित शोहरुमा भाग लिइसकेका छन् । भेटेनरी डाक्टरसमेत रहेका दिक्पालले एकसय भन्दा धेरै म्युजिक भिडियो र दुईवटा चलचित्रमा समेत अभिनय गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org