ताजा समाचार

एसिया कप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेशमा

काठमाडाैँ २२,भदाै ।एसिया कप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । मलेसियामा सम्पन्न एसिया कप छनोटमा सहभागी भएर टोली आज (शुक्रबार) काठमाडाैं आइपुगेको हो ।

टोलीलाई त्रिभुवन विमानस्थलमा निलम्बित क्यानका पदाधिकारीले स्वागत गरे । नेदरल्याण्डविरुद्ध एकदिवसीय डेब्यु सिरिजपछि मलेसिया पुगेको टोलीले अपेक्षाकृत नतिजा भने ल्याउन सकेन । सुरुवाती दुई खेलमा ओमान र युएईसँग हार ब्यहोरेको टोलीले मलेसिया र सिगांपुरलाई भने पराजित गरेको थियो । अन्तिम खेलमा हङकङसँग पराजित भएसँगै नेपाली टोलीको एसिया कप खेल्ने सपना सकिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org