ताजा समाचार

प्रधानमन्त्री ओली र भारतीय पूर्वप्रधानमन्त्री देवेगौडाबीच भेटवार्ता

काठमाडाैँ २२,भदाै ।  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय पूर्वप्रधानमन्त्री एच.डी. देवेगौडाबीच शुक्रबार शिष्टाचार भेट भएको छ ।

भेटमा देवेगौंडाले नेपालले विमस्टेक सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रधानमन्त्री ओलीलाई बधाइ दिए । उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणको स्मरण गर्दै यसले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुर्‍याएको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल र भारतका प्रधानमन्त्रीको भ्रमणले दुई पक्षीय हित र सम्बन्धलाई अझ गाढा बनाएको धारणा राखेका उनको सचिवालयले जनाएको छ ।

‘दुई देशका प्रधानमन्त्रीको भ्रमणबाट खासगरी तीनवटा कुरामा उपलब्धी भएको छ । जलमार्ग, रेलमार्ग र र कृषिका क्षेत्रमा उल्लेख्य उपलब्धी भएको छ’ उनले भने

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org