ताजा समाचार

लामो मौनता अनि चलखेलः निसाना लगाउँदै प्रचण्ड !

काठमाडाैँ २४,भदाै ।   आफ्नै पार्टीका अर्का अध्यक्ष केपी ओलीको प्रतिरक्षा नगरी मौन बस्ने गरेका प्रचण्ड अब भुराजनीतिक निसाना लगाउँदै ।

एउटै हेलिकप्टरमा जनकपुर पुगेका थिए, प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ भदौमा ।

त्यस दिन प्रधानमन्त्री ओलीको प्रदेश २ संसदलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

खासगरी धनुषाको बर्मझियामा २४ बर्षअघि हत्या गरिएका माओवादी नेता रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न गएका थिए प्रचण्ड ।

त्यहा ओलीले प्रचण्डको प्रशंसामा केही शब्द पनि खर्चिए ।
उनले भने प्रचण्डजी परिआए युद्ध गर्न पछि नपर्ने, फेरि आवश्यकता अनुसार शान्तिमा पनि आउन सक्ने बहादुर नेता हो ।

प्रचण्डलाई पुलकित बनाउने शब्दको फुलवर्षा गरेको एक साताभित्रै ओली किन तिक्तता साँँध्ने तहसम्म पुगे ?

सत्ताराजनीतिको वरपर हिजोआज यहि जिज्ञासा सुरु भएको छ ।
किनभने ११ भदौमा बालुवाटारमा पुगेका सम्पादकहरुसँग ओलीले भनेका थिए, माओवादीले हिजो यो राजतन्त्रविरुद्ध हामी होईन क्यारे, भन्दै दरबारमा मान्छे पठाएर साँठगाँठ गरेकै थियो ।

सेनाविरुद्ध हमी छँदैछैनौँ भनेर विभिन्न जर्नेलहरुसँग साँठगाँठ थियो ।
ती माओवादी खुल्ला हुनेवित्तिकै मनोनित साँसद हुन पुगेका पनि थिए । जर्नेल हुँदाखेरी ती मोन्छे नेपाली सेनाको जागिर खाएर माओवादी नेतालाई बोकेर कुद्थे गाडीमा ।

त्यसकारण लिँकेज कसको, कहाँ भनेर भन्न गाह्रो छ ।
अहिले पनि म व्यक्त गर्दिनँ यो ।

तपाईहरु जान्नुहुन्छ, मेरो त्यत्रो धेरै एक्सेस छैन ।

त्यसको ९ दिनपछि अध्यक्ष प्रचण्डले मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ । पुनर्गठन गर्दा यो वा त्यो समुह हेरिन्न, भनेका भए पनि बुझ्न कठिन छैन ।
उनको असन्तुष्टि प्रधानमन्त्री ओलीमाथि नै हो ।
मन्त्रीलाई कस्तो निर्देशन दिने, कसरी काम लगाउने सबै जिम्मेवारी प्रधानमन्त्रीकै हो ।
प्रचण्डले प्रस्टै बुझिने भाषामा भनिरहेका छन्, जोसुकै परुन्, सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतलाई निराशा पार्ने खालका गतिविधि देखिए भने – अब हामीले कुनै न कुनै स्टेप चाल्नैपर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org