ताजा समाचार

गोरूले लखेटेर भाग्ने क्रममा भिरबाट लडेर मृत्यु

ओखलढुङ्गा  २४भदैा, चम्पादेवी गाउँपालिका-२ बस्ने ४५ बर्षीया कबिता सुनुवारको भिरबाट लडेर मृत्यु भएको छ ।

कबिताको लिखु गाउँपालिका-७ स्थित भोटे भिर पाखामा गाईबस्तु चराउने क्रममा शुक्रबार गोरुले खेदेकोले भाग्ने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको हो । भिरबाट करीब ५० मिटर तल लिखु खोलाको किनारमा खस्न गई कबिताको मृत्यु भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org