ताजा समाचार

‘छक्का पञ्जा ३’ को दोस्रो गीत ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं २५,भदाै । नेपाली फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । ‘पहिलो नम्बरमा’ बोलको गीतले यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखेपछि फिल्ममा समावेश ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ गीत सार्वजनिक गरिएको हो ।

ज्योतिषको साईत अनुसार सोमवार बिहान ११ बजे यो गीतलाई यूट्युबबाट रिलिज गरिएको हो । नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।

निशान भट्टराई र एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् ।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org