ताजा समाचार

माल्दिभ्सलाई हराउँदै फाइनल पुग्ने गोल्डेन दाउमा नेपाल

काठमाडाैँ २६,भदाै ।  साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भोलि बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा माल्दिभ्सलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालले बुधबार इतिहास रच्ने बताए । ‘दिनैपछि सुधार गरिरहेका छौं अर्को कुरा भनेको हाम्रो बेन्च खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्’ मंगलबार प्रि-म्याच कन्फ्रेन्समा बोल्दै बालगोपालले भने ।

नियमित कप्तान विराज महर्जनले समूह चरणको पहिलो खेल खेलेपछि टिममा सुधार आएको बताउँदै माल्दिभ्सविरुद्ध आत्मविश्वासका साथ खेल्ने बताए । उनले भने, ‘समूह चरणमा नेपालले ती खेल खेल्यो । निकै राम्रो भइरहेको छ ।’

साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा बलियो देखिएको छ तर, माल्दिभ्स पनि कमजोर टिम होइन । माल्दिभ्सका मुख्य प्रशिक्षक सिग्रेड पिटर हार्भास्कोले नेपाल बलियो टिम भएपनि जित हात पार्दै फाइनलमा पुग्ने बताए ।

इतिहास माल्दिभ्सको पक्षमा

नेपाल र माल्दिभ्स अहिलेसम्म १५ पटक भेट भइसकेको छ, जसमा नेापलले चार खेल मात्र जितेको छ । ४ खेलमा बराबरी खेलेको नेपालले ७ खेलमा हार ब्यहोरेको छ ।

साफ च्याम्पियनसिप फुटबलमा भने नेपाल र माल्दिभ्सबीच ६ पटक भेट भएको छ, जसमा नेपालले कुनै खेलमा जित हात पार्न सकेको छैन । २ खेलमा बराबरी खेलको नेपालले बाँकी ४ खेलमा माल्दिभ्सलाई नतिजा सुम्पेको छ ।

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सको पहिलो पटक भेट सन् १९९९ मा भएको थियो ।

समूह चरणको खेलमा नेपाल माल्दिभ्ससँग ३-२ गोलअन्तरले पराजित भएको थियो । यही प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल माल्दिभ्ससँग २-० गोलले पराजित भएको थियो । २००३ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि नेपाल माल्दिभ्ससँग ३-२ गोलअन्तरले नै पराजित भएको थियो ।

सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको साफ च्याम्पियनसिप फुटबलको समूह चरणमै नेपाल माल्दिभ्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो । सन् २००९ र २०११ मा भएको साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग समान १-१ गोलको बराबरीमा रोकिएको थियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org