ताजा समाचार

उपनिर्वाचनका लागि रुकुमलाई बिषय बनाउन खोज्नु , रुक्मेलि जनमतमा प्रश्न चिन्ह खडा गर्नु हो:सांसद कमला रोका

काठमाडाैँ  २६,भदाै । पुर्वमन्त्री तथा प्रतिनिधिसभा  सदस्य कमला रोकाले नेकपाका नेता वामदेव गौतमलाई  रुकुम पूर्वबाट उपनिर्वाचन गराएर सांसद बनाउने कुरामा कुनै सत्यता नभएको र गौतमलाई  पूर्वी रुकुम वा प्युठानबाट उम्मेदवार बनाउने कुरा  निराधार भएको बताइन्

उहाँले पार्टीमा कतै चर्चा नचलेको र नेताहरुको दिमागमै यस्तो कुरा नभएको बताउनुभयो । ‘पार्टीले रुक्मेलि जनताको  जनमतको अपमान हुने गरी पार्टीले यस्तो कुरा सोच्नै सक्दैन’ ।  ‘यस्तो छलफल चल्नु तातो आगोमा हिड्नु सरह हो, यस्तै निरर्थक प्रस्ताव पार्टीमा आउने छैन र बहस पनि हुँदैन ।’

‘चुनाव हार्ने जित्ने एउटा पक्ष हो तर कुनै पनि व्यक्ति चुनाव लडेपछि उ त्यहाँको आफ्नो मतदाताको प्रतिनिधि हो’। ‘बामदेव कामरेड हिजो जुन ठाउँबाट चुनाव लड्नुभएको थियो, अहिले उहाँ आफ्ना मतदाताको प्रतिनिधि हो, त्यसैले कम्तीमा पाँच बर्ष धैर्यधारण गर्नु सही हुनेछ ।’ त्यसो त पार्टीको बरिष्ठ नेता भएकाले यो अवधिमा राम्रोसँग पार्टी चलाउने उहाँको दायित्व अझ बढी भएको उहाँको सुझाव थियो ।

सांसद कमला राेकासँगकाे अन्तर्वार्ताको अंस:

पार्टी नेता बामदेव गौतमलाई  तपार्इकाे निर्वाचन क्षेत्र (पूर्वी रुकुम)बाट उम्मेदवार बनाउने प्रतिनिधि सभामा भित्र्याउने बारे छलफल भइरहेको छ । तपाईलाई जानकारी छ ?

काठमाडौँबाट आफ्ना मतदाता भेटघाटका लागि रुकुम जाने क्रममा बुटवल आइसकेपछि यसबारे मैले सञ्चारमाध्यमबाट थाहा पाए । आधिकारिक रुपमा अहिलेसम्म पनि पार्टीका तर्फबाट मलाई कुनै जानकारी आएको छैन । र यसबारेमा छलफल भएको होला जस्तो लाग्दैन ।

जुन चर्चामा रहेको बिषय हजुरको बिचारमा कस्तो लाग्छ ?

यो अनावश्यक कुरामा टाउको दुखाउनुपर्ने कुनै कारण छैन् । मैले यसअघि नै भने यो बारेमा कुनै छलफल भएको होला भन्ने मलाई कति पनि विश्वास छैन ।

शिर्षस्थ तहमा छलफल भइरहेको चर्चा छ । आधिकारिक निर्णय भयो भने के गर्नुहुन्छ ?

यस्तो निर्णय कुनै पनि हालतमा होला जस्तो मलाई लाग्दैन । जनमतको अपमान हुने गरी पार्टीले निर्णय गर्ला जस्तो मलाई लाग्दैन । जनताले पार्टीलाई जनमतको अपमान हुने गरी यस्तो अनावश्यक निर्णय गर्न मत दिएका हैनन् । र निर्णय भइहाले पनि मैले जनमतको अपमान हुने गरी राजीनामा दिने कुरा हुँदैन ।

 प्रतिनिधिसभामा बामदेवलाई भित्र्याउन किन यति धेरै रस्साकस्सी शिर्ष तहमा भइरहेको छ ?

बामदेव जीले बर्दियाका जनताको मतको सम्मान गर्न सक्नुपर्छ । उहाँले निर्वाचन हारेको भएपनि त्यति धेरै जनताले उहाँलाई मत दिएका छन् । निर्वाचनमा हारजित हुन स्वाभाविक हो । उहाँले पाएको मतको सम्मान गर्न सक्नुपर्छ । जनताको राजनीति गर्ने मान्छेले जनताको निर्णय स्विकार्नु पर्छ भन्ने कुरा मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । कस्को आवश्यक्ता कति भन्ने कुरा जनताले फैसला गर्ने हो । उहाँ सांसद हुनैपर्ने थियो भने बर्दियाका जनताले उहाँलाइ किन जिताएनन् ? त्यसैले मेरो एउटै सुझाव छ — अब अन्यत्रबाट निर्वाचनमा उठेर सांसद बन्ने सोच त्याग्नुस् । बर्दिया र अन्य स्थानका जनमतको अपमान नगर्नुस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org