ताजा समाचार

आज नेपाल माल्दिभ्स विरुद्धको खेलमा भरत खवासको कप्तानीमा मैदानमा उत्रिदै

ढाका २७, भदौ। साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलमा भरत खवासको कप्तानीमा नेपाल मैदानमा उत्रिने भएको छ ।

बंगबन्धु राष्ट्रिय रंगशालामा केहीबेरपछि सुरु हुने खेलमा नेपालको सुरुवाती एघार समूह चरणको अन्तिम बंगलादेशविरुद्ध खेलाइएको खेलाडी नै मैदानमा उत्रिदैछन् । कुनै पनि खेलाडी परिवर्तन गरिएको छैन ।

साफ च्याम्पियनसिप फुटबलको करिब २५ वर्षे इतिहासमा नेपाल फाइनलसम्म पुग्न सकेको छैन । यो पटक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएको छ ।

तुलनात्मक रुपमा यो प्रतियोगितामा बलियो देखिएको नेपाल यो पटक भने ऐतिहासिक छलाङ मार्ने दाउँमा छ । यता, माल्दिभ्स पनि नेपाललाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ ।

नेपाल र माल्दिभ्स पछिल्लो पटक सन् २०१६ मा बंगबन्धु गोल्ड कपको सेमिफाइनलमा यही बंगबन्धु राष्ट्रिय रंगशालामा भेट भएको थियो । जुन खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।

नेपालको प्लेइङ इलाभेन

गोलकिपर – किरण चेम्जोङ

डिफेन्डर – आदित्य चौधरी, अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी

मिडफिल्डर – रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल

फरवार्ड -विमल घर्ती मगर, भरत खवास

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org