ताजा समाचार

डोटीमा बस दुर्घटना, २४ यात्रु घाइते

डोटि २८,भदाै ।   जिल्लाको जोरायल गाउँपालिका– २, छतिवनमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

बसमा कति यात्रु थिए भन्ने नखुले पनि घाइते २४ मध्ये ६ को अवस्था गम्भीर छ । उनीहरुको उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा लगिएको जानकारी जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको छ ।

सडकबाट ६० मिटर तल खसेको बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org