ताजा समाचार

निर्मला पन्तका बुवाआमाले रुदै भने – जसरी भए पनि न्याय दिलाउनु

काठमाडाैँ २८,भदाै । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवाआमाले न्यायका निम्ति सरकारलाई अनुरोध गरेका छन्।

बिहिबार उनीहरूले राजधानीमा पत्रकार सम्मेलन गरी आफूहरूलाई जसरी भए पनि न्याय दिलाउन सरकारसँग आग्रह गरेका हुन्।

निर्मलाकी आमा दुर्गादेवी पन्तले न्याय दिन नसक्ने भए ‘हामी तपाईंहरूलाई न्याय दिलाउन सक्दैनौं, बरू मार्न चाहन्छौं भनिदिनुहोला’ भन्दै आफूलाई पनि गोली ठोकिदिन उनले आग्रह गरिन्।

उनले राष्ट्रपतिलाई पनि आफ्नो छोरी सम्झी न्याय दिलाउन अनुरोध गरिन्।

यस्तै, बुवा यज्ञराज पन्त आफ्नो छोरीको हत्या भएको घटनाबारे सुनाउने क्रममा पत्रकार सम्मेलनमै भावविह्वल भए।

छोरीको साइकल भेटिएपछि उसकी साथीकी दिदी बबिता बमले साइकल भेटिएको भए लाश पनि त्यतै होला भनेको प्रस‌ंग सुनाउँदै गर्दा पत्रकार सम्मेलनमै रोए।

रुमालले आँसु पुछ्दै उनले भने– ‘उसलाई कसरी थाहा भयो ? त्यति प्रमाण मिल्दामिल्दै पनि सरकारले उल्टै त्यसलाई स‌ंरक्षण गरिरहेको छ।’

दुई महिना बित्न लाग्दा पनि सरकारले अपराधीलाई पक्राउ गर्न नसककोमा दु:ख व्यक्त गर्दै न्यायका निम्ति अनुरोध गरे।

गत साउन ११ गते निर्मला पन्तको लाश उखुबारीमा मृत अवस्थामा फेला परेको थियो।

घटना भएको २ महिना बित्न लाग्दा पनि प्रहरीले अपराधीलाई नियन्त्रणमा लिन सकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org