ताजा समाचार

निर्मला हत्या प्रकरणको अनुसन्धान प्रभावित हुने गरि प्रधानमन्त्रीले अभिव्यक्ति किन ?-गगन थापा

काठमाडाैँ २९,भदाै । नेपाली काँग्रेसका सांसद गगन थापाले निर्मला हत्याकाण्डको छानविन प्रभावित हुने गरी प्रधानमन्त्रीले अभिव्यक्ति दिएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधी सभाको बैठकमा गृहमन्त्रीको जवाफपछि पुरक पश्न गर्दे सांसद थापाले भने– ‘अनिता बम र रोशनी बमलाई सोधपुछका लागि प्रहरीले साथ लियो । आरोप प्रमाणित नभइकन कसैलाई बोल्ने अनुमति छैन । तर जनतासँग प्रधानमन्त्रीको कार्यक्रममा घटनासँग रहेका तथ्यहरुलाई प्रधानमन्त्रीले तोडमोड गरेको छानविनलाई प्रभावित हुने गरी अभिव्यक्ति दिए ।’

संसाद थापाले प्रधानमन्त्री ओलीको सो अभिब्यक्ति छानविन प्रभावित हुने अभिव्यक्ति भएको बताए ।

उनले गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरे–‘छानविन प्रभावित हुने गरी कसैलाई अभिब्यक्ति नदिन आग्रह गरिरहनु भएको गृहमन्त्री ज्यू, प्रधानमन्त्रीलाई भेटेर किन यस्तो गर्नुभयो भनेर प्रश्न गर्नुभयो ? प्रश्न गर्ने हिम्मत गर्नुभयो ? म जान्न चाहन्छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org