ताजा समाचार

जब भाँच्चिएको हात लिएर क्रिजमा फर्किए तमिम ….

काठमाडाैँ ३१,भदाै ।  एसिया कप क्रिकेटको पहिलो म्याचमा बंगलादेशका ब्याट्सम्यान मुस्फिकर  रहिमको ब्याट खुबै चम्कियो ।

उनले बनाएको १४४ रनको मद्दतमा बंगलादेशले श्रीलंकालाई १३७ रनको विशाल अन्तरले हराएको थियो । तर, तमिम इकवालले साहस नदेखाएको भए रहिम १ सय १२ रनमै अलपत्र पर्न सक्थे भने बंगलादेश २ सय २९ रनमा समेटिन सक्थ्यो ।

ओपनिङ ब्याट्सक्यानका रुपमा आएका तमिम सुरंगा लकमलले फालेको बलले लागेर घाइते भएपछि रिटायर्ड हार्ट भएका थिए । उनको दायाँ हातको हड्डी भाँच्चिएको थियो ।

जब बंगलादेशले २ सय २९ रनको अवस्थामा नवौं विकेटका रुपमा मुस्तफिजुर रहमान आउट भएपछि रहमान निराश भए । किनकी उनलाई क्रिजमा साथ दिने कोही थिएनन् । तर, रिटायर्ड हार्ट भएका तामिम ११ विकेटमा रुपमा क्रिजमा फर्किए । रहमान आश्चर्यमा परे ।

‘उनी आउलान् भन्ने मलाई लागेको थिएन’ म्यान अफ द म्याच रहिमले भने, ‘उनी घाइते अवस्थामै क्रिजमा आए नयाँ उर्जा आयो । तमिमका लागि र देशका लागि अझै केही रन बटुल्नुपर्छ भन्ने लाग्यो ।’

तामिमले एक हातले मात्र ब्याट समाएका थिए ।

त्यही अवस्थामा उनले रहिमसँग ३२ रनको साझेदारी गर्दै बंगलदादेशलाई २ ६२ रनको बलियो स्कोरमा पुर्‍याए । यस क्रममा रहिमले अधिकांश स्ट्राइक आफूसँग राख्न सफल भएका थिए ।

एसिया कपबाट बाहिर

तामिम इकबालले एसिया कपका बाँकी खेल भने गुमाएका छन् । सुरंगा लकमलले फ्याकेको दोस्रो बलले लागेर इकबालको नाडीको हड्डी फुटेको थियो । त्यसपछि उनी रिटायर्ड हार्ट हुन बाध्य भएका थिए । यद्यपि, उनी अन्तिम विकेटको रुपमा पुन क्रिजमा फर्केका थिए ।

इकबाल एकदिवसीय क्रिकेटमा बंगलादेशका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । उनलाई गुमाउँदा बंगलादेशको उपाधि होडमा धक्का लागेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org