ताजा समाचार

निर्मलाका आमाबुबाको प्रश्नः प्रधानमन्त्री ज्यु हामी न्याय पाउछाैँ कि पाउदैनाैँ ?

काठमाडौं १,असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज बालुवाटार पुगेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताइन् । उनले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’

निर्मलाकी आमाको घटनाबारेको ब्रिफीङ सुनेपछि प्रधानमन्त्री ओलीले आफूलाई उक्त घटनाले दुःखित बनाएको बताएका थिए। उनले भनेका थिए, ‘निर्मलाको अभिभावक म पनि हुँ। यो घटनाबाट म पनि अत्यन्त दुःखी भएको छु।’ प्रधानमन्त्री ओलीले सरकारले सुरुमा गठन गरेका समितिले काम नगरेकाले अहिले उच्च स्तरीय समिति गठन गरेर छानबिन भइरहेको बताएका थिए। उनले भनेका थिए, ‘पहिलेका समितिले काम नगरेपछि अहिले शक्तिशाली छानबिन गठन गरिएको छ। यो समितिले अपराधी पत्ता लगाउछ।

‘ प्रहरी प्रधान कार्यालयले आइतबार डिआइजी धिरु बस्नेतको नेतृत्वमा शक्तिशाली अनुसन्धान समिति गठन गरेको छ। यसअघि गृहमन्त्रालयले सह सचिव हरिप्रसाद न्यौपानेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। प्रधानमन्त्री ओलीले निर्मला बलात्कार र हत्याका दोषीलाई पत्ता लगाउन सरकार गम्भीर रहेको बताएका थिए। उनले निर्मलाका अभिभावकलाई भनेका थिए, ‘यो विषयमा सरकार गम्भीर छ, सरकारले अपराधी पत्ता लगाउन कुनै पनि कसर बाँकी राख्दैन।’ प्रधानमन्त्रीलाई भेट्न खानेपानीमन्त्री (कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य समेत रहेकी) बिना मगर, सांसदहरू भीम रावल, लेखराज भट्ट, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेता एनपी साउद र रमेश लेखक लगायत रहेका थिए।

ढाकछोप गर्न खोजेको छैनः ओली

जवाफमा प्रधानमन्त्री ओलीले भने आफूले घटनालाई ढाकछोप गर्न नखोजेको स्पष्टीकरण दिएका छन् । घटनामा संलग्नहरुलाई कारबाही गर्न टोली खटाएको भन्दै उनले भने, ‘निर्मला हाम्री पनि छोरी हुन् । भोलि अरुलाई यस्तो नहोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org