ताजा समाचार

चीनीयाँ क्रान्तीको ऐतिहासिक स्थल घुमेपछि,अध्यक्ष प्रचण्ड यस्तो भने…..(फोटो फिचर)

काठमाडाैँ १,असोज । चीन भ्रमणमा रहेका नेकपा अध्यक्ष प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन् ।

सो अवसरमा अध्यक्षले आफू आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराउनुभएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र जनतामा धन्यवाद ज्ञापन गरे ।

‘धेरै पटक चीनको भ्रमण गरेपनि क्रान्तिको ऐतिहासिक नगरको अवलोकन गर्ने अवसर नमिलेको उल्लेख गर्दै यसपटक चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा यो अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ।’ उनले भने ।

सो अवसरमा उनले माओले येनानमा बसेर विकास गरेको जनयुद्ध र नयाँ जनवादी क्रान्तिको कार्यदिशा नै माआत्सेतुङ बिचारधारा भएको उल्लेख गर्दै आफूहरुले यसै बिचारको अध्ययन गरी प्रेरित भएको बताए । येनान नगरको अवलोकन गर्दा आफूलाई गौरवान्वित महशुस भएको पनि उनको भनाई थियो ।

अध्यक्षले छलफलका क्रममा चिनियाँ क्रान्तिको ऐतिहासिक भूमिका केवल चिनियाँ जनता र पार्टीको मात्र नभएर संसारभरी कै निम्ति प्रेरणाको स्रोत हो भन्ने कुरा नेपाल कम्युनिष्ट पार्टी र नेपाली जनतामा स्थापित रहेको बताए ।

‘यहाँ आउँदा आफ्नै क्रान्तिको अध्ययन र अनुभव गरे जस्तो भएको छ ।’ अध्यक्ष प्रचण्डले नेपालमा राजनैतिक स्थिरता कायम भएको बताउदै अबको आफूहरुको जिम्मेवारी आर्थिक समृद्धिसहित समाजवादको निर्माण गर्नु रहेको बताए ।

सेक्रेटरी सु सिन्रोङ्गले सान्सी प्रान्त र येनान नगरको बारेमा संक्षिप्त ब्याख्या गरेका थिए । उनले अरु प्रान्त जस्तै यहाँ पनि विकासको तीब्रता रहेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org