ताजा समाचार

अपराधी जुनसुकै ओहोदाको भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडाैँ  २,असोज ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटना मानवतामाथिकै कलंक र जघन्य अपराध भएको भन्दै दोषी पत्ता लगाएर कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारबाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रहसमेत गरेका छन् ।

निर्मलाका बाबुआमासहित प्रदेश ७ का सांसदहरूलाई सोमबार भेटेका प्रधानमन्त्री ओलीले धन, बल, दल वा ओहोदा कुनै हिसाबले शक्तिशाली भए पनि दोषी उम्कन नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले घटनाको कडाइका साथ छानबिन र निर्ममताका साथ कारबाही गर्न आफूले सुरुदेखि गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताए । उनले यस्ता आपराधिक घटना र मनोवृत्तिलाई सामान्य रूपमा लिन नहुने बताउँदै कुनै पनि हालतमा अपराधीले छुट नपाउने समेत बताए ।
उनले जिल्लास्थित तत्कालीन सुरक्षा अधिकारीको छानबिन र गतिविधि सन्दिग्ध भएकाले निलम्बन गरिएको बताउँदै पछिल्लो समयमा प्रहरी नायब महानिरीक्षकको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन गरिएको जानकारीसमेत दिए । कञ्चनपुरमा गत १० साउनमा निर्मलाको शव उखुबारीको पानीमा भेटिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org