बेनी–जोमसोम अवरुद्ध सडक नखुलेपछी,गोदाममै कुहिन थाल्यो मुस्ताङको स्याउ
मुस्ताङ २,असोज । जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।
भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार पठाउन ठिक्क पारिएको स्याउ गोदाममै कुहिन थालेको छ ।
झण्डै ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक दर्जनौँ ठाउँमा पहिरो, कटान र बाढीका कारण अवरुद्ध छ ।
यहाँका किसानले बगैँचाबाट टिपेको स्याउ ढुवानी गर्न सकेका छैनन् । स्याउ बजारमा पुर्याउन नसक्दा गोदाममै कुहिन थालेको व्यापारी तथा किसानले बताएका छन् ।
म्याग्दी, पर्वत, बागलुङ, पोखरा, धादिङ, काठमाडौं, चितवनलगायतका जिल्लाबाट आएर व्यापारीले बगैंचामा आएर बोटबाटै स्याउ खरिद गर्ने गरेका छन् ।
‘ढुवानी समस्याका कारण स्याउ कुहिन थालेको छ,’ थासाङ गाउँपालिका–१ टुकुचेका हरि थकालीले भने ।
जिल्लाको कोवाङ, टुकुचे, मार्फा, जोमसोम, कागबेनी, मुक्तिनाथ र छुसाङको एक हजार ११५ हेक्टर क्षेत्रफलमा रेड, रोयल, रिचारेड तथा गोल्डेर फुजी डेलीसियस जातको स्याउखेती गरिँदै आएको छ । वार्षिक पाँच हजार मेट्रिक टनको हाराहारीमा स्याउ उत्पादन हुन्छ । जिल्लाबाट अघिल्लो वर्ष करीब रु २५ करोड मूल्य बराबरको स्याउ बिक्री भएको थियो । विगत वर्षमा भदौमै आधाभन्दा बढी स्याउ बजारमा पुगिसक्दथ्यो । यसपालि एक चौथाइ पनि बिक्री हुन नसकेको घरपझोङ गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल खड्काले बताए ।
राहुघाट, रुप्से, काभ्रे, बादरजुङ र लेते क्षेत्रको अक्करे भीरको फेदीमा पहिरोले सडक भत्काएको छ । त्यहाँ नदीले कटान गर्दा बेनी–जोमसोम सडकमा सवारीसाधन चल्ने सकेका छैनन् । स्थानीयवासी, पर्यटक र तिर्थयात्री समस्यामा छन् । सडक खुलाउने प्रयास भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले बताए ।
Comments
अरु समाचार
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...
-
प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने
काठमाडाैँ । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्।...
-
गण्डकी प्रदेशसभाको चालु अधिवेशन आकस्मिक रुपमा अन्त्य
काठमाडौं । गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२...