ताजा समाचार

काठमाडौंको चुच्चेपाटीबाट फरार २ अभियुक्त पक्राउ

काठमाडाैँ २,असोज । महानगरीय प्रहरी वृत्त, बौद्धको प्रहरी टोलीले फरार दुई अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपार्टीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी, वृत्त बौद्धले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org