ताजा समाचार

एसिया कपः आज हङकङ र भारत भिड्दै

काठमाडाैँ २,असोज ।  यूएईमा जारी एसिया कप क्रिकेटमा आज हङकङ र भारत भिड्दै छन् । खेल नेपाली समयअनुसार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ सवा ५ बजे हुने छ ।

आजको खेलमा भारत विजयी भए एक खेल अगावै सेमिफाइनलमा प्रवेश गर्ने छ । तर भारतलाई पराजित गर्न सकेमा हङकङको पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै रहनेछ ।

हङकङ पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको पराजित भएकाले जित्नै पर्ने दबाब छ । भारत र हङकङबीच सन् २००८ मा एसिया कपमा प्रतिस्पर्धा भएको थियो । जसमा भारत २५६ रनले विजयी भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org