सिंहदरबारमै बसेर कालो दिवसः उपेन्द्र यादव पार्टि भित्रैबाट चाैतर्फी घेराबन्दिमा
काठमाडौं २,असोज । संघीय समाजवादी फोरमकी उपाध्यक्ष एवं प्रदेश २ की अध्यक्ष रेणु यादवले संविधान दिवसको दिन कालो दिवस मनाउने घोषणा गरिन् ।
त्यसको २४ घन्टा नबित्दै केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सर्कुलर जारी गर्दै भने ‘निर्णय छैन, कालो दिवस मनाउने कार्यक्रममा सहभागी नहुनू ।’
यादव र अधिकारीको बेग्लाबेग्लै घोषणाले सरकारमा सहभागी फोरमभित्रको अन्तरविरोधलाई छरपस्ट पारेको छ ।
असोज ३ गते संविधान दिवस परेको छ । संविधान संशोधनको माग गर्दागर्दै ओली सरकारमा सहभागी भएका फोरमका अध्यक्ष उपेन्द्र यादव संविधानविरुद्ध कालो दिवस मनाउन नसक्ने गरी नैतिक बन्धनमा परेका छन् ।
तर, प्रदेश २ मा पार्टीभित्रको ठूलो जनमत असोज ३ लाई ‘कालो दिवस’ का रुपमा मनाउने पक्षमा छन् । राष्ट्रिय जनता पार्टीले कालो दिवस मनाउने भन्दै शीर्ष नेताहरुलाई नै खटाएपछि फोरमका नेता कार्यकर्ता दबावमा परेका छन् । त्यसैले रेणु यादवले प्रदेश समितिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेकी हुन् ।
कालो दिवस नमनाउने केन्द्रीय कार्यालयबाट जारी सर्कुलरलाई सरकार र संसदमा नरहेका फोरमका बहुसंख्यक नेता कार्यकर्ताले सत्तामोहका रुपमा व्याख्या गरेका छन् ।
‘सरकारमै बसेर कालो दिवस मनाउने कार्यक्रममा उहाँ सहभागी हुन नमिल्ला तर, कार्यकर्तालाई मनाउन दिएको भए हुन्थ्यो’ एक नेता भन्छन्, ‘कालो दिवस नै नमनाउनु भन्नु ठीक होइन । यसले उहाँलाई गच्छदार पथमा नपुर्याओस् ।’
कतिपयले यसलाई पार्टी अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीच बढ्दो दूरीका रुपमा अर्थ्याएका छन् । आफूलाई मन्त्री नबनाएका कारण नेतृ रेणु पार्टी अध्यक्ष उपेन्द्रसँग असन्तुष्ट रहेको चर्चासमेत फोरमभित्र चल्दै आएको छ ।
तर, अहिलेको विवादको मूल कारण यो होइन । पार्टी केन्द्र सरकारमा जानासाथ संविधानप्रति पार्टीको विरोधलाई कसरी जनाउने भन्ने विवाद देखिन्छ ।
संविधान दिवस (३ असोज) को पूर्वसध्यामा फोरमको त्यो विवाद सतहमा आउनु स्वाभाविक छ । किनभने, फोरम सरकारमा पनि छ र संविधान संशोधनको एजेण्डा पनि छाडेको छैन ।
पर्सा अध्यक्ष एवं सांसद प्रदीप यादव भने सरकारमा पनि बस्ने र कालो दिवस पनि मनाउने गर्नु उपयुक्त नहुने भएकाले मौन बस्ने निर्णय गर्नु परेको बताउँछन् ।
मधेसका तीन प्रवृत्ति
मधेस मामिलाका जानकारहरुका अनुसार मधेसको राजनीतिमा तीनखाले प्रवृत्ति छन् ।
पहिलो – गजेन्द्रनारायण सिंहले अंगालेको बाटो । कांग्रेसबाट विद्रोह गरेका गजेन्द्रनारायणलेले मधेसी पार्टीका रुपमा सद्भावना स्थापना गरे । ०४६ देखि ०६३ को मधेस विद्रोह हुनुअघि यसले मधेस आन्दोलनलाई जसोतसो टिकाइराख्यो ।
यद्यपि मुद्दालाई भेगमा मात्र उठाउनु र धेरै सत्ता राजनीतिमा रमाउनुले आन्दोलन सफल हुन सकेको थिएन । सद्भावनाकै वद्री मण्डल मधेसका नाममा सत्तामोहको चरम रुप देखाए ।
दोस्रो : उपेन्द्र यादवको विद्रोह । पहिले एमाले र पछि तत्कालीन माओवादी छाडेर मधेसी जनअधिकार फोरम बनाएका उपेन्द्र यादव ०६३ को विद्रोहपछि मधेसका नेताका रुपमा उदाए ।
माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएपछि उनको प्रतिरोधको राजनीतिले गति लियो । मधेस विद्रोह भयो । भोटरका रुपमा रहेका मधेसीलाई लिडर बनाउने श्रेय उनलाई नै जान्छ । त्यसपछि पनि उनले थुप्रै आरोह अवरोधका बीच प्रतिरोधकै राजनीति गरे ।
र, तेस्रो : विजय गच्छदार प्रवृत्ति । कांग्रेस छाडेर मधेसी दलमा आएका उनी जातीय रुपमा थारु भए पनि मधेसलाई देखाएर सत्ताको भर्याङमा उक्लिइरहे ।
उपेन्द्र यादवको उदय सत्ताकेन्दि्रत नभएर प्रतिरोधको राजनीतिबाटै भएको हो । विभिन्न चरणमा पार्टीमा देखिएको टुटफुटका बाबजुद प्रतिरोधकै राजनीति जारी राखेका थिए ।
पहिलो संविधानसभामा प्रचण्ड नेतृत्वको सरकारमा गएका फोरम त्यसपछि प्रतिपक्षमै बस्यो । पार्टी टुटफुटका कारण दोस्रो संविधानसभामा १२ सिटमा खुम्चिएका फोरमले अशोक राईसँग पार्टी एकता गर्यो । संविधानविरुद्ध आन्दोलन थाल्यो तर, आन्दोलन सफल नभएपछि चुनाव उपयोगको नीति अख्तियार गर्यो ।
निर्वाचनमा नगए कार्यकर्ता नै नरहने उपेन्द्र यादवलाई डर थियो । त्यसैले उनी संविधान संशोधनको एजेण्डा लिएर चुनावमा गए । प्रदेश २ का स्थानीय तहमा ठीकै मत पाएको फोरमले राजपासँग गठबन्धन गर्दा प्रदेश र संघीय संसदको चुनावमा राम्रै सफलता पायो । प्रदेश २ मा सरकार बन्ने भयो ।
त्यसैले फोरमसामू विकास र संविधान संशोधनको एजेण्डालाई एकसाथ लैजानुपर्ने बाध्यता थियो । तर, यसका लागि स्थानीय र प्रदेशमा सरकार चलाएर सर्भिस डेलिभरीको राजनीति र केन्द्रमा अधिकार -प्रतिरोध)को राजनीति गरेको भए फोरमलाई सहज हुन्थ्यो भन्ने टिप्पणी मधेस आन्दोलनका पक्षधरहरुको छ ।
तर, पछिल्लो समय उपेन्द्र यादवले सडकलाई भन्दा सरकारलाई प्राथमिकता दिएको देखिन्छ । र, यसैलाई लिएर फोरमभित्र असन्तुष्टि सुरु भएको हो ।
Comments
अरु समाचार
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा...
-
प्रधानमन्त्री उद्घाटन र शिलान्यासका नाममा मधेस झर्दै
जनकपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनुषा जान लाग्नुभएको छ । उहाँ विभिन्न कार्यक्रममा सरिक हुन बिहान साढे ११ बजे...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...
-
चिराइतो मूल्य बढ्दो, उत्पादन घढ्दो
काठमाडौं । पछिल्लो समयमा चिराइतोको बजार मूल्य क्रमिक रुपमा बढ्दै गएको छ । तर उत्पादन भने घढ्दै गएको छ ।...
-
राष्ट्रियसभा निर्वाचनका लागि मतदान केन्द्रमा पुग्यो मतपत्र
काठमाडौं । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वीकृत डिजाइन तथा मापदण्डबमोजिमका सबै मतपत्र छपाइ...
-
संस्कृति संरक्षणतर्फ नयाँ पुस्ता आकर्षित
काठमाडौं । पछिल्लो समय थारु जातिको कला र संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न...