ताजा समाचार

प्रभु ग्रुपका अध्यक्ष भट्टचन र बैंकका कार्यकारी अधिकृत शेरचन संविधान दिवसमा विभिन्न पदकद्वारा विभूषित

काठमाडाैं ३, असोज । संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा मानपदवी, अलङकार र पदकद्धारा विभुषित गर्ने विभिन्न व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ  ।

संविधान दिवसको २०७५ को अवसरमा बैंकर्स देवी प्रकाश भट्टचनलाई सुप्रवल जनसेवा श्री तृतिय र अर्का बैंकर्स अशोक शेरचन लाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीद्वारा सम्मान गरिने भएको हो ।

उनीहरुलाई बैंकिङ र रेमिट्यान्स क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै नेपाल सरकारले उक्त मानपदवी दिन थालेको हो । नेपालको नीजि क्षेत्रमा उनीहरुले गरेको उल्लेखनीय योगदान र नेपाली जनतालाई गुणस्तरिय सेवा प्रदान सहजै गरेकाले उनीहरु उक्त सम्मानका पात्र बनेको जनाइएको छ ।

प्रभु म्यानेजमेन्ट तथा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुशुम लामाले सरकारले प्रदान गरेको पदकको उच्च सम्मान गर्दै भट्टचन र शेरचनलाई बधाइ तथा सुभकामना व्यक्त गरेकी छन् ।

सरकारले प्रभु ग्रुपमाथि देखाएको विश्वास यो पदकले प्रमाणित गरेको भन्दै आउँदा दिनमा जनताको सेवालाई झन सेवामुखि बनाएर जाने प्रतिद्धता समेत जनाएकी छन् । अध्यक्ष लामाले प्रभु ग्रुप नाफामुखि मात्रै नबनेर सेवामुखि बनेकाले सरकारले यस्तो सम्मानका लागि योग्य ठहर्याएको हो भन्दै आफू प्रभु ग्रुपमा सम्बद्ध हुन पाउनु पनि साैभाग्य रहेको जनाएकी छन् ।

यस्तै, अध्यक्ष लामाले प्रभु ग्रुप अन्तरगत एउटै छानामुनि विभिन्न सेवा जनताले सहजै पाउने भएकाले नेपालको विकास नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न अझै अत्याधुनिक सेवाहरु ल्याउने प्रतिवद्धता समेत गरेकी छन् ।

भट्टचन प्रभु ग्रुप तथा प्रभु बैंकका अध्यक्ष हुन भने, शेरचन प्रभु बैंकका कार्यकारी अधिकृत हुन् ।

प्रभु ग्रुप अन्तरगत प्रभु बैंक, प्रभु टिभि, प्रभु म्यानेजमेन्ट, प्रभु हेलिकप्टर, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर र प्रभु पे लगायतका संस्थाहरु संचालनमा रहेका छन् ।

संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको विभिन्न पदक तथा मानपदावली आउँदो वैशाख १ गते राष्ट्रपति कार्यालयमा भव्य समारोहकाबीच प्रदान गरिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org