ताजा समाचार

बीआरआईले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउँछः प्रचण्ड

काठमाडौं ३, असोज। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेल्ट एण्ड रोड इनिसियटिभ -बीआरआई)ले हिमालय क्षेत्रमा पूर्वाधार निर्माणमा सघाउने विश्वास व्यक्त गरेका छन् । साथै बीआरआई पूर्वी, मध्य र पश्चिमी नेपाललाई यातायात, ऊर्जा संयन्त्र, सेवा तथा वाणिज्यको अप्ठयारो हटाएर चीनसँग जोड्न मद्दत पुग्ने प्रचण्डको विश्वास छ ।

चीनको नानजिङ्गमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यातायातमा सुधार तथा कनेक्टीभिटीले एकीकृत बजारका लागि सहयोग गर्नेछ र व्यापार तथा वाणिज्य विस्तार गर्न लाभ हुने बताए । प्रचण्डले भने, ‘हामी विश्वास गर्छौं कि यस्तो कनेक्टीभिटीले उत्पादकत्वमा वृद्धि ल्याउनेछ र प्रविधिको स्तरोन्ती अनि साझा समृद्धि हासिल गर्न दुवै देशका जनताका लागि रोजगारी सिर्जना गर्नेछ ।’

मानवजातिका लागि साझा भविश्य निर्माण गर्न चीनले गर्दै आएको शान्तिका पक्षमा निरन्तर वकालत, समावेशी विकास र वीन-वीन सहयोग साझा समृद्धिको अवधारणा भन्दै प्रचण्डले यसबाट असुरक्षा र अस्थिरतालाई जन्म दिने उग्रवादी शक्तिलाई निरुत्साहित गर्न सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे । उनले विश्वको दीगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविश्य निर्माणका लागि मिलेर काम गर्न आह्वानसमेत गरे ।

अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड गत भदौ ३० गते चीन गएका थिए । उनी बुधबार साँझ स्वदेश फर्किँदै छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org