ताजा समाचार

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता आजदेखि खुल्ला

काठमाडौं ३, असोज। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता आजदेखि खुल्ला भएको छ ।

क्विन्स इभेन्ट्स प्रा.लिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आज (असोज ३) गतेदेखि असोज ९ गतेसम्मको लागि खेलाडी दर्ता खुला गरिएको जानकारी दिएको हो । पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको आधिकारिक वेब पोर्टल लगइन गरेर दर्ता गर्न सकिनेछ । खेलाडी दर्ता गरेको शुल्क आयोजकले १ हजार तोकेको छ ।

पीपीएलमा सहभागी हुने खेलाडीलाई तीन श्रेणीमा छुट्याइएको छ । क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी विभाजन गरेको छ । क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ ।

त्यस्तै, क्याप्ड एज लेभलमा नेपालको उमेर समूह यु-१५, यु-१७, यु-१९, यु-२१ र यु-२३ टिममा खेलेका खेलाडीलाई राखिएको छ । त्यस्तै, अनक्याप्ड श्रेणीमा नेपालको सिनियर टिम र उमेरसमूहबाट नखेलेका खेलाडीलाई राखिएको छ ।

क्याप्ड सिनियर खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम २ लाख ५० हजारसम्म रहेको छ । त्यस्तै, क्याप्ड एच लेभलमा पर्ने खेलाडीको न्युनतम पारिश्रमिक ५० हजारदेखि अधिकतम १ लाख ५० हजार तोकिएको छ । त्यस्तै, अनक्याप्ड मा पर्ने खेलाडीको न्युनतम रकक ३० हजारदेखि १ लाखसम्म राखिएको छ ।

पीपीएलका लागि एउटा टिमले न्युनतम १५ देखि अधिकतम १८ जना खेलाडी राख्न पाउने प्रावधान गरेको छ । प्रत्येक क्लबले अक्सनबाट १० खेलाडी आफ्नो टिममा आबद्ध गर्नु पर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org