ताजा समाचार

पुर्व माओवादी नेताहरू के चल्दैछन आन्तरिक चाल ,अध्यक्ष प्रचण्डदेखि मुख्यमन्त्री शाही सम्मको एकैसाथ चिन भ्रमणमा

काठमाडाैँ ३,असोज । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चीनमा छन् । आजै बिहान उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” पनि चीन उडे भने सोही जहाजमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनतिरै उडेका छन् ।

पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले चीनमा त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग आफ्नो भेटघाटलाई तीब्रता दिइरहेका छन् । उनी केही दिन पहिले चीन प्रस्थान गरेका थिए ।

 उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक भ्रमणका लागि आजै एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका छन् । सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन गएका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन पनि गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा वेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको बताइएको छ ।

  त्यस्तै, आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका छन् । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन गएका हुन् । मुख्यमन्त्री शाही एअर चाइनाको विमानबाट १०ः३० वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट चीन गएका हुन् ।

चीनको सिचुआन प्रान्तका गभर्नर Yin Li को औपचारिक निमन्त्रणामा चीन गएका मुख्यमन्त्री शाही त्यहाँ हुने 17th Western China International Fair र Belt and Road Development Conference मा सहभागि हुने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन केन्द्रीत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।

 मुख्यमन्त्री शाहीले चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चीन सरकारको सहयोगका लागि आव्हान गर्ने बताएका छन् । भ्रमणका क्रममा कर्णाली प्रदेशको लाइफलाइनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सिमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org