कतारमा अब विदेशी नागरिकलाई पीआर
काठमाडाैँ ५,असोज । कतार सरकारले अब विदेशी नागरिकलाई स्थायी रुपमै कतार बस्ने सुविधा सहित स्थायी बसोबासको कार्ड वितरण शुरु गरेको छ। स्थायी बसोबासको लागि कार्ड प्राप्त गर्ने विदेशीहरुलाई कतारी नागरिक सरह सुविधा दिने नेपालस्थित कतारी दूतावासले जानकारी दिएको हो।
तर बसाई अवधिका हिसाबले निजले पाउने अधिकारको निर्धारण हुने व्यवस्थामा उल्लेख गरिएको छ।
अब स्थायी कार्ड प्राप्त व्यक्तिहरुले कतारको राष्ट्रिय अर्थतन्त्रका विभिन्न निकायमा लगानी गर्न सक्ने छन्, जुन व्यवस्था यसअघि थिएन।
स्थायी बसोबास कार्ड लामो समय कतारमा सेवा गर्नेहरुको सम्मानमा प्रदान गर्न लागिएको दूतावासले जनाएको छ। स्थायी बसोबास सम्बन्धि व्यवस्था अनुसार विदेशमा जन्मिएको व्यक्तिको हकमा २० वर्ष तथा कतारमै जन्मिएकाले १० वर्ष कतारमा बसेको प्रमाण देखाए स्थायी कार्ड पाउन सक्नेछन्। तर कानुनी हिसाबमा कुनै कसुरवार ठहरिएको व्यक्तिले बसोबास अनुमतिपत्र पाउने छैनन्।
स्थायी बसोबास कार्ड प्राप्त गर्न इच्छुक व्यक्ति वर्षको ६० दिन भन्दा बढि कतारबाहिर बसोबास गरेको देखिएमा भने उसको ईच्छा निवेदन मान्य हुने छैन।
काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा कतार दूतावासले दिएको जानकारी अनुसार स्थायी बसोबास कार्ड पाउन अरबी भाषामा पोख्त हुनु पर्ने अनिर्वाय व्यवस्था छ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...