ताजा समाचार

गीत-मनले पनि किन होला मायागर्ने मान्छे खोज्छ

                  गीत

                                      -केदार पनेरु

यो मौसमले सधैँभरि हरियाली शीतल रोज्छ
मनले पनि किन होला मायागर्ने मान्छे खोज्छ

जुनको साथ तारा देख्दा चाहनाले शिखर चुम्छ
शरदको बताससँगै रमाउँदै मन डुल्छ
भावनाले किन होला कल्पनाको उडान खोज्छ
यो मौसमले सधैँभरि हरियाली शितल रोज्छ

बर्सिदिन्छन् खुसीहरू सपनाको मिलन हुँदा
बल्झी दिल्छन् यादहरू बर्सातले तन छुँदा
बसन्तले किन होला फूलसँगै रम्न खोज्छ
यो मौसमले सधैँभरि हरियाली शितल रोज्छ !!

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org