ताजा समाचार

अरिङ्गाल काण्ड सेलाउन नपाउदै नेकपा भित्र सुरु भयो माैरी काण्डः नेता कार्यकर्तालाई माैरी प्रधानमन्त्री ओली निर्देशन

काठमाडौँ ६,असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन्  ।

वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताउँदै प्रधानमन्त्री ओलीले भने, “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस् । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन ।”

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाए । “आफ्ना आग्रह, पूर्वाग्रह छाडौँ, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए ।

“वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन” प्रधानमन्त्री ओलीले भने “फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन । ”

नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा मात्र हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ ।

“वहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हुन्” प्रधानमन्त्री ओलीले भने, “२०४६ सालको जनआन्दोलनमा वहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनर्बहाली गर्न सजिलो भएको हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org