ताजा समाचार

निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै महिला संघले घोषणा गर्यो यस्ता आन्दोलनका कार्यक्रम

काठमाडौं ६,असोज ।–नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको वास्तविक दोषीलाई सरकारले यतिका दिनसम्म पनि कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै असोज आइतबारदेशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

शनिबार राजधानीमा संघले पत्रकार सम्मेलन गरेर आजका मितिसम्मपनि सरकारले निर्मला हत्याकाण्डको दोषीलाई कानुनी कठघरामा उभ्याउन नसक्नु दुःखद् भएको टिप्पणी गरेको छ । संघकी अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य उमा रेग्मीले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको आरोप लगाईन्।

उनले भनिन्,‘आज यत्तिका दिन भैसक्यो, तर सरकारले निर्मला हत्याका बास्तविक दोषीलाई सार्वजनिक गर्न सकेको छैन् । दोषी सार्वजनिक गर्न सरकारले बहानाबाजी गरिरहेको छ । यो घट्ना यतिकै डिसमिस हुने खतरा देखिएकोले हामीले भोलि आईतबार दिनको ठीक १२ बजे देशका ७७ वटै जिल्लामा यीनै व्यतिथिकाविरुद्ध विरोध र्याली गर्ने र प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र लेखि ¥यालीसहित सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बुझाउने निर्णय गरेका छौं ।’
रेग्मीले गणतन्त्रमापनि न्याय नपाउने हो भने कहिले पाईन्छ भन्दै सरकारलाई प्रश्न समेत गरिन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org