ताजा समाचार

दाताको खर्चमा पालैपालो कर्मचारीको विदेश भ्रमण

काठमाडाैँ ७,असोज । वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दातको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् ।

उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् ।

दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन । काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् ।
विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

मन्त्री शक्तिबहादुर बस्नेतलाई नटेरी दाताको खर्चमा कर्मचारी विदेश घुम्ने गरेका छन् ।सचिव डा. विश्वनाथ आली तीन महिनाको अवधिमा दुईपटक विदेश गइसकेका छन् । ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमेका थिए ।

साउनमा पनि दातृ निकायकै बजेटमा एक साताका लागि जर्मन गएका थिए । वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गर्ने महानिर्देशकमा पर्छन ।

लम्सालले ३ देखि ५ भदौसम्म युएनको आर्थिक सहयोगमा सिरियाको भ्रमण गरेका थिए ।, भने १५ देखि २४ भदौसम्म थाईल्यान्डको भ्रमण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org