ताजा समाचार

बार्सिलोनालाई पछि पार्दै रियल शीर्ष स्थानमा

काठमाडौं ७,असोज । रियल मड्रिड स्पेनिस ला लिगा लिग फुटबलको अंक तालिकामा बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा स्पानियोललाई १–० गोलले पराजित गरेसँगै रियल बार्सिलोनालाई अंक तालिकामा उछिनेको हो ।

रियलको जितमा मार्को एसेन्सियो नायक बने । रियलले आफ्नै घरेलु मैदानमा भएको खेलमा स्पानियोलमाथि कठिन जित हात पारेको हो । खेलको ४१औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० गोलले पछि परेको स्पानियोलले दोस्रो हाफमा रियललाई रोकेपनि गोल गर्न भने सकेन । रियलले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा दोस्रो हाफमा गोल गर्ने अवसर गुमाउँदै १–० गोलको कठिन जित निकालेको हो ।

अंक तालिकामा रियलको ५ खेलबाट १३ अंक छ । यता, एक खेल कम खेलेको बार्सिलोनाको भने १२ अंक रहेको छ । पराजित स्पानियोलको भने ५ खेलबाट ७ अंक बटुल्दै अंक तालिकाको छैटौ स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org