ताजा समाचार

वरिष्ठतम् न्यायाधीश जोशीलाई महाअभियोग लगाएर गल्ति नदोहोर्‍याइयोस-राधेश्याम आधिकारि

काठमाडौँ ७ असोज । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले चाडबाडका बेला सवारी साधलाई व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गर्न, विगतका सरकारले गरेका गल्ती नदोहोर्याउन र स्रष्टाको संरक्षण गरिनुपर्नेजस्ता विषयमा जोड दिएको छ ।

सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात सेवा अवरुद्ध हुन थालेकाले नियमित सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए । चाडबाडको मौका छोपी तरकारीलगायत खाद्य सामग्रीको मूल्य वृद्धि र अभाव देखिएकाले शीघ्र यो समस्या समाधान गर्नुपर्ने उनको सुझाव थियो ।

सांसद राधेश्याम अधिकारीले सत्ता पक्षका नेताका केही दिनअघि ‘अदालतले सरकारलाई सहयोग गर्नुप-यो’ भनी सञ्चारमाध्यममा आएका समाचारले न्यायपालिकालाई सत्तारुढ दलको शाखा बनाउन खोजिएको आरोप लगाए।

महाअभियोगका नाममा यसअघि नेपाली काँग्रेसले गरेको गल्ती नदोहो-याउन उनले सरकारको ध्यानाकर्षण गराए । सांसद प्रमिलाकुमारीले सरकारले सङ्घीय समाजवादी फोरमसँग गरेको सम्झौता कार्यान्वयन गर्न जोड दिए।

सांसद वृषेशचन्द्रलालले जनकपुर विमानस्थल स्तरोन्नति गर्नुपर्ने आवश्यकता औँल्याउदै भने सांसद रामनारायण विडारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई प्रदेश सरकारका मन्त्रीले नै बिरोध गरेकामा आपत्ति जनाए ।

सांसद शेरबहादुर कुँवरले माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारको सहयोगमा गर्नुपर्ने र त्यसका लागि जनताले ५० प्रतिशत शेयर राख्न तयार रहेका छन् भने ।

सांसद कोमल वलीले अनुमान र हचुवाका भरमा दशैँको मुखमा सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाउन नहुनेमा जोड दिँदै सरकारले गठन गरेको समितिले वैज्ञानिक भाडादर लागू गराउन माग गर्नुभयो । सांसद ठगेन्द्रप्रकाश पुरी, नन्दा चपाइँ, खेमराज नेपाली, रामप्रित पासवानलगायतले स्रष्टाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org