ताजा समाचार

रोनाल्डो र सलाहलाई पन्छाउदै, लुका मोड्रिचले चुमे फिफा उत्कृष्ट खेलाडि अवार्ड

काठमाडौं ९,असोज । क्रोएसियाका कप्तान तथा स्पेनिस फुटबल महारथी रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक युइएफए पुरुष वर्ष खेलाडी घोषित भएका छन् । मोड्रिकले क्रिष्टियानो रोनाल्डो र लिभरपुलका फरवार्ड मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।

२० अगस्टमा अन्तिम नामावलीका रुपमा मोड्रिक, रोनाल्डो र सलाहको नाम परेको थियो । हरेक वर्ष च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुने दिन दिइने उक्त अवार्ड यो वर्ष मोड्रिकले पाएका हुन् ।

मोड्रिक एक फरक क्षमता खेलाडी भएको उनका साथिहरुले टिप्पणी गरेका छन् भने मोड्रिकले रसिया विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै क्रोएसियालाई फाइनलसम्म पुर्याएका थिए । त्यस्तै, विश्वकपमा उनले वेष्ट प्लेयर अर्वाड समेत हात पारेका थिए ।

मोड्रिकले मिडफिल्डर अप दी इयर र प्लेयर अफ दि इयर जितेका छन् ।

यो पटक मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे । उनले २९.०५ प्रतिशत मत पाए भने रोनाल्डोले १९.०८ र सलाहले ११.२३ प्रतिशत मत पाएका थिए ।

मड्रिडले लगातार तीन पटक च्याम्पियन्स लिग जित्दा टिमका महत्वपूर्ण सदस्य रहेका उनले क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।

उनले रोनाल्डोलाई पछि पार्दै यूईएफए प्लेयर अवार्ड पनि जितेका थिए ।

ब्राजिलकी मार्टाले महिला उत्कृष्ट खेलाडीको अवार्ड जितेकी छन् ।

फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका डिडियर डेसच्याम्प उत्कृष्ट प्रशिक्षक घोषित भए भने उत्कृष्ट गोलका लागि पुस्कास अवार्ड मोहम्मद सलाहले पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org