ताजा समाचार

श्रेया बिकको बलात्कार पछि हत्या भएको पुष्टि

१६ घण्टामै हत्यारा पक्राउ गर्न कास्कि प्रहरी सफल

पोखरामा १०,असोज । १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गरिएको पुष्टी भएको छ । यससँगै कास्की प्रहरी हत्यारा  पक्राउ गर्न सफल भएको छ ।

‘बालिकाको हत्यापछि बलात्कार भएको देखियो, त्यस लगत्तैै हामी त्यसमा संलग्नलाई पक्राउ गर्न सफल भएका छौं’ एसपी रानाले  भने । । प्रहरीका अनुसार घटनापछि सुरुमा शंकास्पद आधा दर्जन बढीलाई  पक्राउ गरिएको थियो । तीन जनामा बढी शंका लागेकोमा त्यस मध्य २७ वर्षीय कुशुम पौडेलले आफ्नो अपराध प्रहरी समक्ष स्वीकार गरेका हुन् ।

मंगलबार विहान घटना सार्वजनिक भएलगत्तै वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्की नेतृत्वको टोली सुरुदेखि नै अनुसन्धानमा जुटेकाे  थियो । विहान ८ बजे स्थानीयले खबर गरे बित्तिकै घटनास्थल पुगेर अनुसन्धान गरेको कार्की नेतृत्वको टोलीले मध्यरातमा अनुसन्धान पश्चात घटनामा संलग्न पक्राउ गर्न सफल भएकाे हाे  । सोमबार साँझदेखि हराएकी श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

उनको बलात्कार पछि हत्या भएको पोष्टमार्टम रिपोर्टले देखाएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार श्रेयाका छिमेकी रहेका कुशुम पौडेलले बलात्कार पछि आफैले हत्या गरेको स्वीकारेका छन् । पौडेल उक्त दिन रक्सी सहित अन्य लागुऔषध सेवन गरेर नसामा थिए । सुरुमा श्रेयालाई देखेर पौडेलले बोलाए । छिमेकीले बोलाएपछि बालिका श्रेया उनको नजिक पुगिन् । त्यसपछि पौडेलले १० रुपैयाँ दिए । पैसा पाएपछि खुशी बालिकालाई पौडेलले च्याप्प समाउँदा श्रेया चिच्याइन् । लगत्तै घाँटीमा समातेर झाडिमा फालिदिए । त्यति गर्दा बेहोस् बनेकी बालिकालाई उनले करणी गरे र थाहा पाउने डरले ढुंगाले टाउकोमा हानेर हत्या गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org