ताजा समाचार

रोनाल्डो आवद्ध युभेन्टसको शानदार जित, अंक तालिकाको कुन स्थानमा छ ?

काठमाडाैँ ११,असोज ।    जारी इटलीयन फुटबल प्रतियोगिता सिरी ‘ए’ मा युभेन्टसका विजयी यात्रा कायम रहेको छ । गयराती भएको खेलमा पनि स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टस विजयी भएको छ । लिगमा युभेन्टसको यो लगातार छैटौं जित हो ।

खेलको ११औं मिनेटमै पाउलो डिवालाले उत्कृष्ट एक्रोब्याटि शटमार्फत युभेन्टसलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा माटुइडीले क्लोज रेञ्जबाट गोल गरी २–० को अवस्थामा पुर्याए । दुई खेलमा तीन गोल गरेको रोनाल्डोले यस खेलमा गोल गर्न सकेनन् । युभेन्टसले लिगका ६ खेलबाट १८ अंक जोडेको छ ।

यो सिजन युभेन्टसको ८८ वर्षयताकै शानदार सुरुआत हो । लिगमा छ उसले पछिल्लो तीन वर्षदेखि नै लगातार ६ खेलमा जित हासिल गर्दै आएको छ । तर, सिजनको कुरा गर्दा भने च्याम्पियन्स लिगमा भ्यालेन्सियाबिरुद्धको जित पनि जोडिएको छ । बुधबार राति नै भएका खेलहरुमा नापोलीले पार्मालाई ३–० गोलले हराएको छ भने रोमाले फ्रोसिनोनलाई ४–० गोलले पराजित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org