ताजा समाचार

३३ किलो सुनकाण्डः पूर्व डिआइजी गोविन्द निरौला पनि रिहा

मोरङ १२,असोज । उच्च अदालत, विराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका नेपाल प्रहरकिा पूर्व डिआईजी गोविन्दप्रसाद निरौलालाई छाड्न आदेश दिएको छ ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र जनक पाण्डेको इजलासले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

गत १० वैशाखमा पक्राउ परेका निरौलालाई ८ जेठमा जिल्ला अदालत, मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए ।

बहसमा सरकारी वकिलको तर्फबाट सहन्यायधिवक्ता चिरन्जीबी पराजुली र जिल्ला न्यायधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए । निरौलाका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला, भानुभक्त निरौला र विकास थापाले बहस गरेका थिए ।

उनले २९ चैत ०७४ मा अवकाश पाएका थिए । मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ का बुबा नेत्रप्रसाद उप्रेतीका साथी समेत रहेका निरौलाले त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा रहँदा गोरे समूहलाई सुन तस्करीमा सघाएको आरोप लगाइएको थियो ।

अनुसन्धान समितिको छानबिनका क्रममा उनले सुन तस्करी गर्ने गिरोहसँग निरन्तर सम्पर्क गरेको समेत खुलेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org