ताजा समाचार

राष्ट्रसंघका महासचिव गुटेरेस र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता

न्यूयोर्क– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगले आज विज्ञप्ति प्रकाशन गरी जनाएको छ ।

उनीहरुबीच शान्ति स्थापना गर्ने अभियान र त्यसमा नेपालको भूमिका विस्तार गर्ने विषयमा पनि छलफल भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासचिव गुटेरेसले शान्तिपूर्ण सङ्क्रमणमा नेपालमा सशक्त प्रजातन्त्र स्थापना हुनु उदाहरणीय भएको बताउँदै नेपालको पुनःसंरचना तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता दोहोर्याएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालको विकासमा राष्ट्रसङ्घको सहयोगप्रति कृतज्ञता प्रकट गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org