ताजा समाचार

नेपाल-चीन उर्जा संयन्त्र बैठक काठमाडाैँमा सुरु

काठमाडाैँ १२,असोज ।  नेपाल-चीन ऊर्जा संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा गरिएको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा ठोस योजना तय गर्न दुवै देशका उर्जा संयन्त्रको बैठक शुक्रबार काठमाडौंमा सुरु भएको हो ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको क्रममा भएको समझदारीलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रित भएर बैठक सुरु गरिएको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले जानकारी दिए । बैठकमा नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक डिपार्टमेन्टका उपमहानिर्देशक हि याङले नेतृत्व गरेका छन् । बैठकमा दुवै देशको उर्जासम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान आवश्यक लगानी, क्रम बोर्डर ट्रान्समिसन लाईन निर्माण, दुवै देशको उर्जाको सम्भाव्यता र मागका विषयमा पनि विस्तृत छलफल गर्ने एजेन्डा तय गरिएको छ ।

गत ५ देखि १० असारसम्म प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमणको क्रममा भएको उर्जा सम्बन्धि समझदारीलाई कार्यान्वयनमा लैजान प्रथम चरणको उर्जा संयन्त्रको बैठक सुरु भएको हो । २ दिनसम्म चल्ने बैठकले सो सम्बन्धमा ठोस योजना तय गर्ने पनि उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले विश्वास व्यक्त गरेको छ । सरकारले सो बैठकबाट नेपालको उर्जा क्षेत्रमा चिनियाँ लगानी बढाउन सहज हुने अपेक्षा पनि गरेको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org