ताजा समाचार

रेखा थापा स्टार फिल्म ‘मालिका’ ट्रेलर सार्वजनिक

काठमाडाैँ १३,असोज । रेखा थापा स्टार फिल्म ‘मालिका’को ट्रेलर रिलिज भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो।

सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा र कमल वली फिचरिङ छन्। महिला हिंसा विरुद्ध निर्माण भएको फिल्मको उक्त ट्रेलरमा रेखा थापाको एक्सन अवतार पनि देख्न सकिन्छ। कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने मालिकालाई रेखा थापाले नै निर्देशन गरेकी हुन्। नरबहादुर कार्कीको कथा रहेको फिल्ममा शिवम अधिकारीको पटकथा रहेको छ।

‘रेखा फिल्मस्’ को व्यानरमा निर्माण भएको फिल्ममा नरबहादुर कार्कीको लगानी छ। सरस्वती थापा र तारा थापा पनि फिल्मका निर्माता हुन्।

हेर्नुहोस् ट्रेलर :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org