ताजा समाचार

एट्लेटिको बिल्बाओसँग बार्सिलोना बराबरीमा

एजेन्सि । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोना पहिलो हाफमा नै गोल खादै १–० ले पछि परेको थियो ।

खेलको ४१ औं मिनेटमा ओस्कार डी मार्कुसले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा गोल फर्काएपनि बिल्बाओलाई पराजित गर्न भने सकेन ।

बार्सिलोनाका लागि खेलको ८४ औं मिनेटमा मुनिर अल हदादीले गोल गरेका थिए । शीर्ष स्थानमा कायमै रहेको बार्सिलोनाको ७ खेलबाट १४ अंक भएको छ । यता, बिल्बाओले ६ खेलबाट ७ अंक जोडेको छ ।

ला लिगा लिगअन्तर्गत नै शनिबार राति भएको खेलमा भ्यालेन्सियाले रियल सोडीडाडलाई १–० गोलले पराजित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org