ताजा समाचार

निर्मला घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्दै नागरिक दबाब कार्यक्रम

सरकार कहाँ चुक्दैछ ? बलात्कारि सँग झुकदे छ ,

काठमाण्डाै १४,असोज ।  कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ।

निर्मला पन्तको न्यायका लागि स्वतः स्फूर्तरूपमा शनिबार राजधानीको माइतीघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरूले घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्।

घटनाको दुई महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानबिन समितिको प्रतिवेदन पनि सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरूले गृहमन्त्री र सरकारविरूद्ध नाराबाजी गरे।

छानबिन प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्यूनिकरणको मागसहितको प्लेकार्ड लिएर भेला भएका युवा अभियन्ताहरूले देशव्यापी आन्दोलन चर्काउने चेतावनी दिए।

गृहमन्त्रालयद्वारा गठित उच्चस्तरीय छानबिन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org