सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारबाट १० लाख रुपैयाँ प्रदान
हत्यामा संलग्न सात समुद्र पार भए पनि ल्याउँछौंः गृहमन्त्री
सुनसरी १४ असोज । भारतबाट छिरेका हतियारधारी समूहले गोली प्रहार गरी हत्या गरेको सुनसरीस्थित भुटाहाका खुर्सिद अन्सारीको परिवारलाई राहत स्वरुप सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ ।
खुर्सिदको ११ औं दिनमा खुर्सिदकै गाउँमा आयोजित श्रद्धाञ्जली सभामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मृतक अन्सारीकी श्रीमती मौलानालाई चेक हस्तान्तरण गरेका हुन् । सभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई पनि उपस्थित थिए ।
उनले घटनामा संलग्न अपराधी सात समुद्र पार भए पनि कानुनी दायरामा ल्याइ छाड्ने बताए । ‘देश स्थिरतातर्फ जान रोक्ने शक्तिले खुर्सिदमाथि आक्रमण गरेको हो’, थापाले भने ।
सोही अवसरमा आलमको परिवारलाई शहिद घोषणाको प्रमाण पत्र समेत प्रदान गरिएको छ । अन्सारी हत्याको अनुसन्धानका लागि प्रदेश १ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...