ताजा समाचार

महासचिब विष्णु पाैडेलले भनेः माधव कमरेड बिरोध गर्ने अबस्था आईसकेको छैन्

काठमाण्डाै १५ , असोज । नेपाल कम्युनिष्ट पार्टीका महासचिब विष्णु पाैडेलले ‘माधब नेपालले उहि पुरानो गीत गाउनु भयो ‘ भनि आरोप लगाएका छन ।

आज एक राष्ट्रीय दैनिक पत्रिकालाई अन्तरवार्ता दिदै पैाडेलले सो आरोप लगायका हुन । उनले भनेका छन  उहाको अभिव्यक्तिले आमरुपमा निरासा सम्पेषण गरेको छ । पैाडेलले थप भने आफ्नै पार्टीको नेतृत्वको सरकारलाई त्यहिदलका वरिष्ठ नेताले बिरोधमा बोल्न पर्ने अवस्था नआएको पनि बताएका छन्।

पैाडेलले भने नेकपा भित्र यतिबेला ‘माझिदाइ उपमा’ चर्चित छ। संसदको रोस्ट्रमबाटै वरिष्ठ नेता माधब नेपालले ‘माझिदाइ देश बचाइ ‘ देउ भने ,यसले पार्टी भित्र तरंग ल्याएको छ।  पैाडेलले प्रश्न गरेका छन , कहाँ छ त्यो  माझी दाइ ? यो माझि दाइलाई भएन भनेर  उहाँले कुन माझिदाई खोजिरहनु भएको छ? माधब नेपालको यस्तो अभिव्यति यस्तो बेला आएको छ, जुन समय प्रधानमन्त्रि  समेत रहेका पार्टीअध्यक्ष ओलि रास्ट्रसंघ महासभामा  गयका थिय  भने अर्का अध्यक्ष पुष्पकमल दाहाल श्रिमतीको  उपचार गराउन सिंगापुरमा । दुबै अधयक्ष विदेश भएका बेलामा नेपालले संसदमा कडा रुपमा बोलेन्न मात्र, चियापानका नाममा नेता हरुलाई भेला पनि बोलायका थिय।

महासचिव पाैडेलले भने ‘अभिभावक मानिरहेको  उहाँ जस्तो नेताबाट एकाएक यस्तो गतिबिधि हुँदा अचम्मित छु ।’ सत्ता रुढ दलभित्र  उत्पन्न् ‘सकस’ पार्ती एकाता प्रक्रिया , तेस्मा अल्झन, सरकारको कार्यसैलि लगायातको कुराहरु पाैडेलले गारेका थिया ।

प्रश्न कर्ताको  प्रश्न “एकता प्रक्रियाचाहिँ कहाँ पुग्यो ?” भन्ने जबाफमा पाैडेलले यस्तो उत्तर दिएका थिया , ” एकाता प्रक्रिया खासगरि जिल्ला तह र त्येस भन्दा माथिल्लो प्रदेश तहमा अघि बदेको छ । दसैँ अघि प्रदेश र जिल्ला तहका एकता प्रक्रियाका बाँकि काम सम्पन्न गर्ने योजना भयको छ । ”

महासचिव पाैडेलले निजगढ विमानस्थल बनाउन पनि पाछि हट्न नहुने बताएका छन्। उनले फास्ट ट्रयाक र निजगढ विमानस्थल देशकोलागि नभइ नहुने आयोजना रहेको बतायका छन।  पाैडेलले वाइडबडी यो सरकारले गारेको निर्णय नभएको बताएका छन र सो निर्णया पुर्ववर्ती सरकारले गरेको बताएका छन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org