ताजा समाचार

शिक्षकको जागिर खाने थलो मात्रै भयो सामुदायिक विद्यालयः शिक्षा मन्त्री पोखरेल

काठमाडाैँ १५,असोज ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले देशमा राजनैतिक परिवर्तन भएपनि व्यवहारमा लागु हुन नसकेको बताए ।

महोत्तरीको रामगोपालपूरमा रहेको जनता आधारभूत प्राविले सोमबार गरेको अभिभावकत्व ग्रहण कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन । मन्त्री पोखरेलले सामुदायिक विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालय शिक्षकको जागिर खाने थलो मात्रै भएको प्रष्ट पारे ।

उनले आमाकै गर्भबाट बच्चाको सिंक्ने प्रकृया सुरु भएको हुनाले राम्रो विद्यालय बनाउन बाल शिक्षालाई जोड दिनु पर्ने बताए ।
देश भरिका बालवालिकाले पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गरेको प्रस्टपार्दे उनले प्राविधिक र गुणमा आधारित शिक्षा आजको आवश्यकता भएकोले वैज्ञानिक शिक्षामा जोड दिई  देशभित्रको बेरोजगारी समस्यालाई  हल गर्दै लैजानु पर्नेउनको भनाई  छ ।

सरकारी विद्यालय  बेरोजगार उत्पादन गर्ने थलोको रुपमा रहेकोले आफूले प्राविधिक शिक्षा,व्यवसायिक शिक्षा,जीवनोपयोगी शिक्षा,उत्पादनमुखी शिक्षामा विशेष जोडदिएको भन्दै पोखरेलले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा ल्याएर आगामी वर्ष साक्षर नेपाल घोषणा गर्न तयारी गरीरहेको भन्दै यसमा सबैको साथ सहयोग अनिवार्य रहेको उल्लेख गरे ।

मुलुकी एनले आधारभूत शिक्षालाई व्यवस्थित गर्न स्थानीय सरकारलाई अधिकार दिएको हुनाले शिक्षा सम्बन्धमा स्थानीय तहलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को (ज) ले २३ वटा अधिकार दिएको प्रस्ट पारे ।

स्थानीय तहले शिक्षा ऐन र नियमावली समेत बनाई  त्यसलाइ कार्यान्वयनको तहमा लैजान सुझाव दिएका छन् ।  निजी र सरकारी विद्यालयमा  हुने विभेद अन्त्य गर्दै स्तरीय शिक्षा प्रदान गर्न विद्यार्थी शिक्षक अनुपान मिलान गरिनुपर्ने, प्राविधिक शिक्षामा जोड दिनुपर्ने उनले बताए

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org