ताजा समाचार

सरकारी वकिलको कार्यालयमा नेविसंघको तोडफोड

कञ्चनपुर १६ ,अशोज।  काँग्रेसको भातृ संगठन नेविसंघका कार्यकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।

जिल्ला बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

तोडफोडका क्रममा नेविसंघ कार्यकर्ताले चारजना कर्मचारीमाथि हातपात समेत गरेको कार्यालयका वकिल खेमराज भट्टले बताएका छन् ।

नेविसंघले निर्मला हत्या प्रकरणमा दोषी पहिचान नभएको भन्दै आज कञ्चनपुर बन्द आह्वान गरेको छ । त्यस क्रममा नेविसंघ कार्यकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा फुटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org