ताजा समाचार

विमानस्थलबाट अवैध सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं १६,असोज । त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

थाई एयरको टिजी ३१९ को उडानद्वारा बैंककबाट काठमाडौं आएका भारतीय नागरिक विडेश भुनियालाई करिब १० लाख २५ हजार रुपैयाँ बराबरको २ सय ७ ग्राम अवैध सुनसहित नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन मेन गेट प्रहरी चेकिङ एरियामा उनलाई चेक गर्दा लुकाई छिपाई राखेको अवस्थामा औंठी २ थान, साँचो २ थान, गोलाकार आकारको रिङ ३ थान र सिक्री २ थानमा रहेको उक्त परिणामको सुन बरामद भएको हो ।

प्रहरीले उनलाई आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org