ताजा समाचार

दाङको टरिगाउँ एयरपोर्टमा निगमको सफल परीक्षण उडान

तुलसीपुर १६,असोज । नेपाल वायुसेवा निगमले दाङको तुलसीपुर स्थित टरीगाउँ एयरपोर्टमा परीक्षण उडान गरेको छ ।

मंगलबार बिहान ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेट जाँदा पुनः अवतरण गरेको थियो ।

एयरलाइन्सले एयरपोर्टको धावनमार्ग, काठमाडौबाट तुलसीपुर सम्म लाग्ने इन्धन खर्च, अकासको रुट, भौगोलिक अवस्था र सम्भावित जोखिमका विषयमा अध्ययन गर्न परीक्षण उडान गरेको थियो ।

परीक्षण उडानपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्राविधिक टोलीले दाङको तुलसीपुर स्थित टरीगाउँ एयरपोर्टमा जहाज बसाउन कुनै समस्या नभएको बताएका छन् ।

नीजि विमान कम्पनीले धावन मार्ग, रुख विरुवा, अग्ला भौतिक संरचना, वायुको चाप र इन्धनको कारण देखाउदै नियमित उडान नगर्दा हवाई सेवा अनियमित बन्दै आएको थियो ।

क्याप्टेन आङनुरी शेर्पाले पाँच सय मिटर मैदान थप फराकिलो बनाएमा ३२ सिटे जहाज पनि सजिलै बस्न सक्ने बताउँदै १६ सीटे जहाजका लागि उडान भर्न कुनै समस्या नभएको बताए ।

एयरलाइन्समा आएका प्राविधिक र चालक दलका सदस्यलाई तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिले स्वागत गरेका थिए  ।

हिजो नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलल र उपमहानगरापालिका मेयर घनश्याम पाण्डेबीच हवाई संचालन गर्ने विषयमा सहमती भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org