ताजा समाचार

काठमाडाैंकाे तारकेश्वरबाट ५ किलो सुनसहित एक जना पक्राउ

काठमाडाैं १७,असोज । राजधानीको बालाजुस्थित तिनपिप्लेबाट प्रहरीले पाँच किलो सुन सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

रसुवाबाट काठमाडौं आउँदै गरेको बसमा सवार रसुवाका शोबहादुर तामाङले बोकेर आएको सुन सहित उनलाई नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

केरुङ नाका हुँदै आएको उक्त सुनका भरिया तामाङले बेल्टमा बाँधेर ल्याएको उक्त सुन प्रहरीले तिनपिप्लेबाट बरामद गरेको थियो ।

पाँच किलो सुन बरामद गरिएको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पाँच किलो सुन बरामद गरेका छौं, थप अनुसन्धान भईरहेको छ ।’

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा सरकारले कडा कदम चालेपछी पछिल्लो समय केरुङ नाकाबाट हुने सुनको तस्करी बढेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले केहीदिनअघी मात्र टोखाबाट तिनकिलो सुन सहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org