ताजा समाचार

भारत-रुसबीच अस्त्र सम्झौताः ट्रम्पलाई बढ्यो चिन्ता

एजेन्सि । मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन् ।

क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई “S-400” नामक विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने सहमति जनाएको बताएका छन् ।

विश्लेषकहरूका अनुसार सो सम्झौता अन्तर्गत तीस वटा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली तथा ६ हजारवटा क्षेप्यास्त्र तीन वर्ष लगाएर आपूर्ति गरिनेछ ।

ती अस्त्र भारतले चीन तथा पाकिस्तानसँगको उसको सीमाक्षेत्रमा तैनाथ गर्न सक्नेछ ।

वाशिङ्गटनमा चिन्ता ?

यो सम्झौताले रुसविरुद्ध अमेरिकी प्रतिबन्धमा भारतको स्थान के हो भन्ने वाशिङ्गटनको चिन्ता बढाउने ठानिएको छ ।

खासगरी रुससँगको अस्त्रको निर्भरता भारतले घटाउँदै लगेको अमेरिका हेर्न चाहन्छ ।

बढ्दो तनावका माझ रुस र अमेरिकाबीचको सम्बन्ध खराब बनिरहेको छ ।

साथै अमेरिकाले सन् २०१७ मा पारित गरेको क्याटसा नामक कानूनले अन्य देशहरूलाई रुसी अस्त्र किन्नबाट निरुत्साहित गर्छ ।

र, किनेमा त्यस्ता देशविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाउन सक्छ ।

तर भारत र रुसबीचको सम्बन्ध पनि निकै पुरानो हो ।

भारत स्वतन्त्र भएयता देखिनै दिल्ली र तत्कालीन सोभियत संघबीच गहिरो मित्रता रहँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org