ताजा समाचार

सन्दीप र ललितसामु टिकेन म्यानमार, नेपाललाई जम्मा ३० रनको झिनो लक्ष्य

काठमाडाैँ १७,असोज । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया रिजनल क्वालिफायर बी’अन्तर्गतको खेलमा म्यानमार २९ रनमा समेटिएको छ ।

मलेसियामा जारी खेलमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन जोड्दा अलआउट भएको हो ।

ललितसिंह भण्डारी र करण केसीको पहिलो दुई ओभरमा २ विकेट गुमाएर पनि सम्हालिएको म्यानमारको पारी स्पिनरले मोर्चा सम्हालेपछि तहसनहस भयो ।

२३ बाट थप ६ रन जोड्ने क्रममा म्यानमारले बाँकी ८ विकेट गुमायो । यसक्रममा सन्दीप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए ।

२ ओभर बलिङ गरेका लामिछाने र ३ ओभर बलिङ गरेका राजवंशीले समान ३ रन खर्चिए । म्यानमारका लागि हेट लिन औङले सर्वाधिक १६ रन जोडे ।

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org